२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कैलालीमा दिदीबहिनी घरको धुरीमा एउटै डोरीमा झुण्डिएको अवस्थामा भेटिए

Crime murder

२७ चैत, धनगढी । कैलालीमा दिदीबहिनी मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर बिष्टले जानकारी दिए । उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन् ।

दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए । प्रारभ्मिक अनुसन्धानका क्रममा जेठी छोरीले केही वर्षदेखि मुटु रोग र कान्छी छोरीले डिप्रेशनको औषध खाइरहेको पाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी बिष्टले बताए ।

 

प्रकाशित मिति : २०८० चैत्र २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस