२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फिल्म ‘स्काई फोर्स’ मा अक्षयले लिए १० दिनको ५० करोड भारु

काठमाडौँ । अक्षय कुमारको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ हालै रिलिज भएको छ। अब अभिनेताले छिट्टै वीर पहाडियाको डेब्यु फिल्म ‘स्काई फोर्स’ को सुटिङ सुरु गर्ने बताइएको छ। फिल्ममा वीर वायुसेना अफिसरको भूमिकामा देखिनेछन्। फिल्ममा उनी वीरको प्रशिक्षकको भूमिकामा देखिनेछन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार अक्षयले फिल्मको १० दिनको सुटिङका ​​लागि ५० करोड भारु लिएको बताइएको छ। यो फिल्मको कथा सन् १९६५ को भारत–पाकिस्तान युद्धको वरिपरिमा बनेको छ। फिल्म निर्माताहरुले भारतले पाकिस्तानमा पहिलो हवाई हमला गरेको दाबी गरेका छन्।
फिल्ममा अक्षय र वीरका अलावा सारा अली खान र निम्रत कौर पनि देखिनेछन्। फिल्म यसै वर्षको अक्टोबर २ मा रिलिज हुन सक्ने बताइएको छ। गत वर्ष अक्टोबर २ मा गान्धी(शास्त्री जयन्तीमा निर्माण पक्षले यस फिल्मको टिजर सेयर गरेको थियो।

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस