२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गृहमन्त्री लामिछानेले चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीलाई बाँडे मिठाई

काठमाडौं, वैशाख १ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले चालक, यात्रु र ड्युटीमा रहेका प्रहरीहरूलाई मिठाइ बाँडेर नयाँ वर्ष मनाएका छन्। शनिबार बिहान आइजिपी बसन्त कुँवरलाई साथ लिएर थापाथली चोकमा पुगेर गृहमन्त्री लामिछानेले त्यहाँ सवारी चालक, यात्रु, पैदलयात्रीका साथै ड्युटीमा रहेका प्रहरीलाई मिठाई बाँड्दै नयाँ वर्षको शुभकामना दिएका हुन्।

उनले यात्रुहरूलाई सुरक्षित यात्राको कामना गर्दै ड्युटीमा रहेका प्रहरीहरूलाई नागरिकसँग सभ्य व्यवहार गर्न अनुरोध पनि गरे। नयाँ उत्साहका साथ नयाँ वर्ष सुरूवात होस् भन्नका लागि आफू सडकमा उपस्थित भएको उनले बताए।

‘हामी अत्यन्त धेरै प्रतिबद्धताका साथ केही नयाँ चिजहरू नयाँ वर्षसँग गर्न लागिरहेका छौं। त्यसको लागि आफ्नो परिवारसँगै नयाँ वर्ष मनाऔं भन्नका लागि आएका हौं,’ गृहमन्त्री लामिछानेले पत्रकारहरूसँग भने।

 

प्रकाशित मिति : २०८१ बैशाख १ गते शनिवार
प्रतिक्रिया दिनुहोस