२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

विमानस्थलबाट फेरि सुन बरामद, यी हुन् भित्री वस्त्रमा लुकाएर ल्याउने भारतीय महिला

काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फेरि प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ। सुन भारतीय महिला सहिना प्रभिनले भित्री वस्त्रमा लुकाएर ल्याएकी प्रहरीले जनाएको छ। प्लास्टिकभित्र राखेर ल्याएको अवस्थामा काँचो सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए।

अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनलाई पक्राउ गरिएको थियो। यसअघि बुधवार विमानस्थलबाट एक किलो ७० ग्राम सुन प्रहरीले बरामद गरेको थियो।

भारतबाट आइ विमानस्थलमा अवतरण गरेर पार्किङ गरेको इन्डिगो विमानको सिट पछाडी लुकाएर राखिएको अवस्थामा उक्त सुन बरामद गरिएको हो। सुन तस्करको भने पहिचान भएको छैन।

 

प्रकाशित मिति : २०८१ बैशाख ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस