२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

तलतले बिहानै लियो झापामा ३ युवाको ज्यान [ भिडिओसहित ]

झापा । पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको झिलझिलेमा बुधबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको बिएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जनाएका छन्।

विपरीत दिशाबाट आएको प्रदेश १–००१–००१ च ९३२९ नम्बरको बोलेरोले अनियन्त्रित मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनाबाट गम्भीर घाइते भएका तीनै जनाको उपचारका लागि सो अस्पताल लगिएको थियो। चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए।

मृतकको साथमा चुरोट, केही नेपाली नगद रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोटरसाइकल चालकले बिना हेल्मेट मोटरसाइकल चलाएका थिए। मृतक तिनै जनाको पहिचान खुल्ने कागजात फेला नपरेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस