२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महोत्तरीमा पाँच घन्टादेखिकाे आगलागी अझै नियन्त्रण बाहिर, जले ५१ घर

महाेत्तरी । महाेत्तरीकाे मटिहानीमा आगलागी हुँदा ५१ वटा घर जलेको छ। मटिहानी नगरपालिका वडा नम्बर ६ स्थित जर्लाहावा गाछी टोलमा बुधबार बिहान ११ बजेतिर लागेको आगो अझै पूर्ण रुपमा निण्न्त्रणमा आएको छैन।

आगलागीबाट ५१ वटा घर पुर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी नकुल पोखरेलले बताए। अन्य घरमा समेत आंशिक क्षति भएको उनको भनाइ छ।

परालको कन्युबाट सल्केको आगो घरसम्म पुगेको अनुमान छ।

‘पश्चिमबाट पूर्वतर्फ हावा चलेको छ। परालमा लागेको आगो उडेर फुसको छानामा पुगेको हो,’ उनले भने, ‘आगो नियन्त्रणको प्रयास भइरहेको छ।’

आगलागी नियन्त्राणका लागि महोत्तरी र धनुषाका विभिन्न पालिका, नेपाल प्रहरी र भारत समेतबाट दमकल ल्याइएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो निभाउने काम भइरहेको उनले बताए।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस