२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नेपाल सरकारका एक सहसचिव बर्खास्त

काठमाडौं । सरकारले एक सहसचिव बर्खास्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै सहसचिव कमलराज गैरेलाई बर्खास्त गरेको हो । बिना जानकारी ९० दिनभन्दा लामो समय गैरहाजिर रहेकाले निजामती सेवा ऐन, २०४९ को दफा ६१(१) को खण्ड (छ) अनुसार उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

निजामती सेवा ऐनमा ९० दिनभन्दा बढी गैरहाजिर कर्मचारीलाई सफाइ पेश गर्न समय दिने र उक्त अवधिमा चित्त बुझ्दो प्रष्टीकरण नआएमा वा सम्पर्क नगरेमा जागिरबाट बर्खास्त गर्न सकिने व्यवस्था छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा कार्यरत नेपाल कृषि सेवाका प्राविधिक सहसचिव डा. गैरे ०८० वैशाख २ देखि बिनाजानकारी कार्यालयमा अनुपस्थित थिए । लामो समय गैरहाजिर डा. गैरेलाई उपस्थित हुन मन्त्रालयले अवसर समेत दिएको थियो । तर त्यसको बेवास्ता गर्दै सम्पर्कमा नआएपछि मन्त्रालयले उनलाई सेवाबाट हटाउने निर्णय लिएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस