२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

वनमा लागेको डढेलोले डाँडाखेतका सिंगो गाउँ नै जोखिममा

बागलुङ । बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ जलेर नष्ट भएका छन् । जिल्लाको बागलुङ नगरपालिका-१२ डाँडाखेतमा स्थानीय दधिराम पौडेल यदुनाथ पौडेलको घर गोठ जलेर नष्ट भएको हो ।

आगलागीमा परी दधिराम पौडेल घाइते भएका छन् । घाइते पौडेललाई धौलागिरि अस्पताल बागलुङमा ल्याइएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए ।

बुधबार दिउँसो डाँडाखेत सामुदायिक वनमा लागेको आगो बस्तीमा बस्दा घर गोठ जलेको उनको भनाइ छ । गोठ जल्दा पाँच वटा गाई, पाँच बाख्रा मरेको उपप्रमुख खड्काले बताए ।

सामुदायिक वनमा लागेको आगोले डाँडाखेत गाउँनै जोखिममा रहेको उनी बताउँछन् । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा ल्याउन खोजे पनि अहिलेसम्म नियन्त्रणबाट आउन नसकेको खड्काको भनाइ छ ।

“आगो दिउँसो लागेको रहेछ, स्थानीयले नगरपालिकामा खबर गरेपछि, प्रहरीको टोलीसहित हामीहरु आगलागी भएको स्थानमा आएका छौँ, आगलागीले सामुदायिक जलेको छ, वनबाट लागेको आगो गाउँमा आउँदा पाँच वटा घर गोठ जलेर नष्ट भएका छन्, एक दर्जन पशुचौपाया पनि जलेर मरेका छन् भने धेरै घाइते छन्”, उपप्रमुख खड्काले भने, “एक जना स्थानीय पनि घाइते हुनुभएको छ, उहाँलाई धौलागिरि अस्पताल पठाएका छौँ ।”

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस