२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, पारस साहपनि अशोकसँगै [सूचीसहित]

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ ।जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् । केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने जसपा नेपालको जस्तो अभ्यास यो पार्टीमा पनि हुन्छ । पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने उपाध्यक्ष ४ जना रहनेछन् । नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहनेछन् । महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन् । विभाजित पार्टीमा संघीय संसदका ७ जना सांसद छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा छन् ।

यस्तो छ नेताहरूको कार्यविभाजन

संघीय परिषद् अध्यक्ष

राजेन्द्र श्रेष्ठ

केन्द्रीय अध्यक्ष

अशोक राई

सहअध्यक्ष

रेणु यादव

उपाध्यक्ष

नवलकिशोर साह सुडी

रणध्वज लिम्बु

परशुराम बस्नेत

सुशीला श्रेष्ठ

महासचिव

मोहम्मद इस्तियाक राई

उपमहासचिव

प्रदीप यादव

सचिव

दीपक कार्की

रञ्जु ठाकुर

कोषाध्यक्ष

वीरेन्द्र महतो

केन्द्रीय सदस्यहरू

आङकाजी शेर्पा

मोहनलाल चौधरी

कृष्णबहादुर धुजु

लाबहादुर तामाङ

राधा तिमिल्सिना

सिमा सिंह

कमला विश्वकर्मा

शोभा बज्राचार्य

प्रमोद गुप्ता

पारस साह

पञ्चलाल महर्जन

केशव पौडेल

मनिकर कार्की

राजेशमान सिंह

हसिना खान

नानु थामी

हेमन्तराज भण्डारी माण्डब्य

पिंकीदेवी यादव

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस