२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वाेच्च अदालत पुग्यो

काठमाडौं । गण्डकी सरकारविरुद्ध नेपाली कांग्रेस सर्वाेच्च अदालत पुगेको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशले प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर सर्वाेच्च अदालत पुगेको हो ।

गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेकाे प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गर्न आफूहरू सर्वाेच्च अदालतमा रहेको सांसदद्वय डिल्लीराम सुवेदी र द्रोणकुमार कुँवरले जानकारी दिए ।

संविधानको धारा १८८ (३) अनुसार सरकार टिकाउनको लागि ३१ सांसदको विश्वासको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । यसविरुद्ध कांग्रेस अदालत पुगेको हो ।

प्रकाशित मिति : २०८१ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस