२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सञ्चार उद्यमी भास्करराज राजकर्णिकारलाई पत्नी वियोग

काठमाडौं । सञ्चार उद्यमी भास्करराज राजकर्णिकारलाई पत्नी वियोग परेको छ । एभीन्यूज टेलिभीजन प्रा. लि. तथा मीडिया एलाईन्सका अध्यक्ष भास्करराज राजकर्णिकारकी अर्धांगिनी प्रदीता राजकर्णिकारको आइतबार बिहान १ः३६ बजे असमहिक स्वर्गारोहणले हामी सम्पूर्ण एभीन्यूजकर्मी मर्माहत भएका छौ त्यहाँ कार्यरत सञ्चारकर्मीहरुले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रदीताको आइतबार बिहान ८ बजे पशुपति आर्यघाटमा दाहासंस्कार भएको पारिवारिक स्रोतले जनायो । भास्करराज राजकर्णिकार नेपालका उद्योगी व्यापारीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका उम्मेदवार समेत थिए ।

 

प्रकाशित मिति : २०८१ बैशाख ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस