२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

आजपाका कार्यकर्ता र प्रहरी बीच काठमाडौंमा झडप

३१ वैशाख, काठमाडौं। विभिन्न माग गर्दै भन्सार विभागमा शान्तिपूर्ण धर्ना र घेराउ गर्दै आएका आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्च र प्रहरी बीच आज (सोमबार) झडप भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित भन्सार विभाग धर्ना दिन आएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा परी आजपा केन्द्रीय सदस्य चन्दादेवी साह र चन्द्रिका साह गम्भीर घाइते भएका छन् ।

यस्तै आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधानसभाका सदस्य तिलक थापामगर, प्रवक्ता चन्द्रभूषण साह, आजपा नेतृ एवं भन्सार कानून सुधार संघर्ष समितिकी संयोजक रञ्जु साह, नेताहरु आर्य पाण्डे, चन्द्रिकालाल साह, देवकुमारी साह, कनक सिंह, मिनादेवी साह, विरवल यादव, हरिनारायण साह, सुनिल कुमार साह, सुरेश साह, प्रभु साह, अरुण कुमार साह, शम्भु साह, वीरबहादुर यादव, सिकेन्द्र साह, जयकिशोर साह, रामकिशोर साह, उमेश साह, रामनारायण साह लगायतलाई प्रहरीले पक्राउ गरेको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले बताए ।

आजपाले विगत लामो समयदेखि भन्सारमा भएको लुटकारी प्रावधान खारेजीको माग गरेर आन्दोलन गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस