२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

अमेरिका लैजाने भन्दै केन्या र युगान्डामा अलपत्र पार्ने गिरोहका ३ जना पक्राउ

3 members of the gang who were stranded in Kenya and Uganda to take them to America were arrested

काठमाडौं । अमेरिका र क्यानडा लैजाने भन्दै ठग्ने गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिका लैजाने भन्दै अफ्रिकी मुलुक युगान्डा र केन्यामा लगेर अलपत्र पार्ने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

कार्यालय प्रमुख एसएसपी सानुराम भट्टराईका अनुसार पक्राउ पर्नेमा ओखलढुंगा, खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र ४८ वर्षीय जंगबहादुर वि.क. (बराल) रहेका छन् ।

उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी खोसी ९ महिनासम्म अलपत्र पारी राखेको प्रहरीको भनाइ छ ।

उनीहरूले केन्या र युगान्डामा समेत एजेन्ट राख्ने गरेको, अमेरिका पुर्‍याउन ब्राजिल, कोलम्बिया, मेक्सिकोमध्ये कुनै एक रुट प्रयोग गर्ने गरेको, पक्राउ परेका तीन जना दिल्ली पहाडगन्जस्थित होटलमा बसी संगठित रूपमा मानव तस्करीमा संलग्न रहेको एसएसपी सानुराम भट्टराईले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस