२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

१९ वर्षीया अञ्जली अधिकारीको यौन धन्दा थाहा पाउँदा प्रहरी नै झस्कियो

काठमाडौं । १९ वर्षीया अञ्जली अधिकारीको यौन धन्दा थाहा पाउँदा प्रहरी नै झस्किएको छ । आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई प्रलोभनमा पारी अनलाइन यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार माकलबारीबाट नियन्त्रणमा लिएको थियो । उनले अनलाइन टाइपिङको रोजगारी दिने भन्दै सामाजिक सञ्जाल ‘स्ट्रिप च्याट’ मा बालिकाहरूको अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्य गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका साथबाट एक(एक थान मोबाइल ल्यापटप र वेब क्याम समेत बरामद भएको उनले जनाए। पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ बैशाख ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस