२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

चितवनमा प्यारलाइसिस भएर अपाङ्ग बनेकी आफ्नी आमालाई बलात्कार गर्नेलाई २९ वर्ष कैदको फैसला

काठमाडौं । चितवन जिल्ला अदालतले हाडनातामा जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा प्रतिवादीलाई २९ वर्ष कैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले जबरजस्ती करणीतर्फ जन्मकैद (२५ वर्ष), हाडनाता करणीतर्फ ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।

साथै मुलुकी अपराध संहीता २०७४ को दफा २१९, उपदफा ३ (क) बमोजिम ६ लाख रुपैयाँ जरिवाना, पीडितका हकवाला सन्तानलाई १ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन र २८ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न अदालतले आदेश दिएको छ। इच्छाकामना गाउँपालिकाकी ७१ वर्षीया वृद्धा ‘३५ मुग्लिन ग’ (नाम परिवर्तन) लाई जबरजस्ती करणी गरेको अभियोगमा ५४ वर्षीय ‘रुप्लाङ क’ पक्राउ परेका थिए।

प्यारलाइसिस भएर अपाङ्ग बनेकी आफ्नी आमालाई घरमा सुतिरहेका बेला २०७८ चैत ८ गते राति ११ बजेतिर जबरजस्ती करणी गरेको र उपचारका क्रममा मृत्यु भएको भन्दै छोरा ‘रुप्लाङ १’ ले २०७८ सालको चैत २१ गते जाहेरी दिएका थिए। २०७८ चैत ८ गते राति घटना भएपछि वृद्धाको उपचारका क्रममा चैत २१ गते मृत्यु भएको थियो। यो मुद्दाका प्रतिवादीलाई अदालतले २०७९ वैशाख १३ गते पुर्पक्षको लागि थुनामा राख्ने आदेश गरेको थियो।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस