२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

प्रचण्ड सरकारको भलो नै चाहन्छौँ, विभाजनको पक्षमा छैनौँ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारको विकल्पबारे आफूहरूले नसोचेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारमा भएकाले सरकारको भलोकै पक्षमा रहेको बताए।

उनले भने, अहिले हामी यो सरकारमा छौँ, सरकारमा सहभागी भएकाले भलो चाहन्छौँ। भलो चाहिसकेपछि अन्य कुरा सोच्नु कुरा भएन। यो समीकरणमा हाम्रो पार्टी पनि सहभागी छ, केन्द्र प्रदेश सरकारमा पनि छ। सुदूरपश्चिममा सबै दलको सहयोगमा हाम्रो पार्टीको मुख्यमन्त्रीले विश्वासको मत पाउने विश्वास व्यक्त गरेका छौँ। कोशी प्रदेशमा हामीसँग सल्लाह भएर सरकार बनेको होइन।

जसपा विभाजित भएपछि समाजवादी मोर्चाको भविष्य संकटको अवस्थामा रहेको बताए। उनले थपे, कसरी अगाडि बढ्छ भन्ने अहिले भन्ने स्थिति छैन। हाम्रो पार्टी वामपन्थी एकताको पक्षमा छ। हामी एकताको पक्षमा छौँ, फुट र विभाजनको पक्षमा छैनौँ। हामी समझदारीको पक्षमा छौँ। उनले पार्टी विभाजनको लागि प्रयत्न भइरहेको भन्ने कुनै प्रमाण भए आफूलाई सूचना दिन आग्रह गरे।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस