२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

पूर्व प्रधानसेनापति सिंहको निधन

काठमाडौं, जेठ ३ गते । पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उनको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।

उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति थिए। उनको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो। उनका तीन छोरा र एक छोरी छन्।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस