२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा, चाँदीको मूल्यमा पनि रेकर्ड

Gold Price Today Nepal

काठमाडौं, जेठ ६ गते । आईतबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । गत शुक्रबार प्रतितोला १ सय ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आईतबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ । आईतबार नेपाली बजारमा हालसम्मकै उच्च मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस