२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गगन, आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’ : ज्ञानेन्द्र शाही

काठमाडौं, जेठ ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले भ्रष्टाचारका फाइल खोल्ने कुरालाई बार्गेनिङ नगर्न गृहमन्त्री रवि लामिछानेलाई सुझाव दिएका छन्। गृहमन्त्रीले संसदमा उभिएर बार्गेनिङ मात्र गरेको, काम गर्नलाई के ले रोकेको छ ? उनले प्रश्न गरे ।

पत्रकारहरूसँग कुरा गर्दै राप्रपा सांसद शाहीले मिडियामा हल्ला नगरी भ्रष्टाचारका फाइल खोल्न आग्रह गरेका हुन् । ‘फाइल खोल्ने कुरा मिडियामा नबोलौं । सहकारीको काण्ड लुकाइदिएमा आरजु देउवा र छोराको फाइल खोल्दिन भन्ने खालको बार्गेनिङ नगरौं’, शाहीले भने । कांग्रेस महामन्त्री गगन थापाको फाइलपनि छन् भने खोल्नुपर्ने शाहीको दाबी छ । गृहमन्त्रीले बार्गेनिङ गर्ने हैन, काम गर्ने हो उनले भने ।

रास्वपाले सहकारी अपचलनको संसदीय छानबिन गर्नुअघि आरजु देउवाको फाइल खोल्नुपर्ने सर्त राखेका थिए । सांसद शाहीले गिरीबन्धु टि स्टेट, लडाकू शिविर घोटाला काण्डको पनि छानबिन गर्न माग गरे ।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस