२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

गृहमन्त्री लामिछानेले भने, ‘फेरि कान्तिपुरले भ्रम छाप्यो, छानबिन समिति बनाए हुन्छ’

काठमाडौं, जेठ ७ गते । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कान्तिपुरले फेरि भ्रम छापेको दाबी गरको छन् ।

सोमबार कान्तिपुरले ‘ २३ करोड ऋण लामिछानेको हस्ताक्षरसहित लेखापरिक्षकको प्रतिवेदनमा’ शीर्षकमा समाचार छापेको थियो । त्यसको खण्ड गर्दै लामिछानेले भ्रामक समाचार छापेर जनतालाई भ्रम छरेको बताएका छन् ।

फेरि भ्रम छापेछ कान्तिपुरले। म मिडिया मिलाउन सक्दिनँ, त्यसैले भ्रमको विरुद्ध सत्यको लडाइँ आफै लड्नु पर्छ। Short Term Loan को मतलब सहकारीको पैसा हो ?? कान्तिपुरले लुकाएको यो डकुमेन्ट हेर्नु होला। र, त्यसपछिको वर्षको अडिट रिपोर्ट पनि हेर्नु होला। उक्त सर्ट टर्म लोनको स्रोत जीबी राई हुन् भनेर प्रष्ट लेखेको छ।

त्यस पछिको वर्षको अडिट रिपोर्टमा Director Loan भनेर झन् प्रष्ट लेखिएकै छ । यही कागज बोकेर कांग्रेस समिति-समिति भन्दैछ भन्ने मलाई थाहा थियो। जस्तो समिति बनाएपनि मेरो आपत्ति छैन भनेर हिजै भनिसकें । म तयार छु। सदनलाई बन्धक नबनाउनुस्, सुचारु गर्नुस्। मिडिया मिडिया धाउनै पर्दैन। यस्तै यस्तै प्रमाण बोकेर उफ्रनु भएको हो भने भयो, अब पुग्यो, बस्नुस्। म मिडिया मिलाउन सक्दिन।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस