२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

सुगौली सन्धि यतादेखिकै प्रकरण छानबिन गर्नुपर्छः प्रेम सुवाल

prem suwal

काठमाडौं, जेठ ७ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सुगौली सन्धिपछि विभिन्न प्रकरणहरूको छानबिन हुनुपर्ने बताएका छन्। सोमबार संसद भवन परिसरमा पत्रकाहरूसँग कुराकानी गर्दै सांसद सुवालले कांग्रेसले सहकारी प्रकरणमा छानबिन हुनुपर्ने माग राखेको तर आफ्नो पार्टीले सुगौली सन्धि यताकै विभिन्न प्रकरणहरूमा छानबिनको माग राख्दै आएको बताएका हुन्।

‘सुगौली सन्धि हुँदा नेपालबाट गएका दुइजना प्रतिनिधिले भारतमा जग्गा लिएर नेपालको भूमी कम गराइदियो।राणाहरूले पाउण्ड लिएर बेलायत र भारतमा जग्गा जमीन जोडेर युवालाई गोर्खा भर्तीमा पठाइदिए। सबै छानबिन हुनुपर्छ। पञ्चायतको, बहुदलको सबै छानबिन हुनुपर्छ,’ उनले भने। सांसद सुवालले अनियमितता देखिएको ठाउँमा कारबाही गर्न नसक्दा गृहमन्त्रीको सामर्थ्य र योग्यता नपुगेको पुष्टि हुने पनि बताए।

‘गृहमन्त्रीको काम कार्यान्वयन गरेर देखाउने हो। अनियमितता देखिनासाथ त्यसको कारबाही गरेर देखाउने हो। कारबाही नगर्ने हो भने गृहमन्त्रीको सामर्थ्य र योग्यता नपुगेको पुष्टि हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस