२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

टीकापुर जग्गाबारे आरजू राणा, मैले ५० हजारमा किनेको हुँ, टीकापुरमै गएर हेर्नुस्

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजू राणाले टीकापुरको जग्गा आफूले किनेको दाबी गरेकी छन्। प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले सबै प्रक्रिया पुर्‍याएर किनेको दाबी गर्दै टीकापुरपुरमै गएर कागजपत्र हेर्न आग्रह गरिन्।

उनले भनिन्, ‘टीकापुरको जग्गा तपाईँहरू आफैँ हेर्न जानुस्, मैले ५० हजारमा किनेको हो। त्यसको सबै रिपोर्ट मैले गरिसकेको छु। मैले ०५३ सालामा किनेको हो। यो घोटाला भएको ०६८ पछि हो।’

राणा कांग्रेस सभापति शेरबहादुर देउवाका पत्नी हुन्। उनी यो जग्गा प्रकरणमा मुछिएको छन्। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो जग्गा घोटाला प्रकरणको पनि छानबिन गर्ने तयारी गरिरहेका छन्।

प्रकाशित मिति : २०८१ जेष्ठ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस