२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

गगनको प्रतिक्रिया- सिरोहिया पक्राउ अपराध ढाकछोप गर्ने दुष्प्रयास, हेक्का रहोस्

Gagan Thapa apologised, saying it was a serious mistake

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभाको सांसद गगन थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैला सिरोहिया पक्राउ गर्नु अपराध ढाकछोप गर्ने दुष्प्रयास भएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले गल्ती गरेको भएमा जस्तै शक्तिशाली भए पनि सजायको भागिदार हुनुपर्ने तर सिरोहिया पक्राउ भने प्रतिशोध साँध्न गरिएको दाबी गरेका छन् ।

‘म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरितको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो वदनियतपूर्ण ढङ्गले प्रतिशोध पुरा गर्न गरिएको बहाना मात्र हो’, उनले लेखेका छन्, ‘मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरुपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन – हेक्का रहोस् ।’

सिरोहियालाई प्रहरीले नागरिकता किर्तेको प्रकरणमा अनुसन्धान गर्न बुधबार साँझ पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस