२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

कालिकोटमा जीप दुर्घटनाः ७ जना गम्भिर घाइते

Jeep Accident

काठमाडौं। कालिकोटमा जीप दुर्घटना हुँदा ७ जना गम्भिर घाइते भएका छन्। सुर्खेतबाट कालिकोटको शुभकालिका गाउँपालिकातर्फ जाँदै गरेको जीप सोही ठाउँको हाउडी खोलामा दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीकाअनुसार उक्त दुर्घटनामा घाइते भएका सबै शुभकालिकाकै स्थानिय हुन् । कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको उक्त जीपमा सडकबाट तल खोलामा खसेको हो प्रहरीले जनाएको छ। घाइतेको उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । जीप के कारणले दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस