२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

अमेरिकी पनडुब्बीको भग्नावशेष ८० वर्षपछि भेटियो

फिलिपिन्स । दोस्रो विश्वयुद्धताका डुबेको अमेरिकी नाभीको पनडुब्बीको भग्नावशेष करिब ८० वर्षपछि साउथ चाइना सीमामा फेला परेको छ । सो पनडुब्बी तीन हजार फिट (९१४ मिटर) तल फिलिपिन्सको उत्तरी आइल्यान्ड लुजोनमा फेला परेको हो ।

द हार्डर नामको सो पनडुब्बी २९ अगस्ट १९४४ मा ७९ जना चालक दलसहित डुबेको थियो । यो पनडुब्बी अमेरिकाका हराएका ५२ मध्येको एक भएको जनाइएको छ । बीबीसी

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस