२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सुन दलेको पाइन्ट लगाएर आएका भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं । सुन दलेको कपडा सहित एक जना भारतीय नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतीय नागरिक ३९ वर्षीय नवीन हरिशलाल गोक्लानी छन्। उनलाई विमानस्थल प्रहरीले बिहीबार दिउँसो २ बजेतिर पक्राउ गरेको हो। दुबईबाट काठमाडौं आएका गोक्लानीलाई आगवमटन गेट नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

एक्सरे मेसिनमा स्क्यानिङ गर्दा गोक्लानीले लगाएको जिन्स पाइन्ट अस्वाभाविक देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। सो क्रममा पाइन्टमा दलेर ल्याइएको सुन भेटिएको थियो।

पाइन्टसहित सुनको तौल १२ सय ग्राम रहेको प्रहरीले जनाएको छ। त्यसैगरी ४० ग्रााम बराबरको सुनको सिक्री पनि बरामद भएको छ। पक्राउ परेका गोक्लानीलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस