२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

चार संसदीय समितिको बैठक आज बस्दै, के-के छन् मुख्य एजेण्डाहरु ?

१८ जेठ, काठमाडौँ ।  संघीय संसदका चारवटा संसदीय समितिको बैठक शुक्रबार बस्दैछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति एवं सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे १० बजे बस्नेछ। जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं असर न्यूनीकरणका उपाय, सगरमाथा क्षेत्रमा देखिएका समस्या एवं आगामी कार्यदिशा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।

यस्तै बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल हुनेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सिफारिस सम्बन्धमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस