२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पत्रकार महासंघको चुनावका लागि सबै वामपन्थी एक ठाउँ उभिए [ विज्ञप्तिसहित ]

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही जेठ २६ गते हुँदैछ । काठमाडौंमा वैशाख २१ र २२ गते सम्पन्न महाधिवेशनले निर्वाचनको मिति घोषणा गरेको थियो । यद्यपी निर्वाचनको मिति नजिकिदैं गर्दा सदस्यता विवाद टुंग्याउन नसकेर निर्वाचन प्रक्रियाको तालिका प्रकाशित हुन सकेको छैन ।’

यसैबीच अहिलेको केन्द्रीय नेतृत्वले नै चुनाव नगर्ने दूषित मनासय राखेर सदस्यता नटुंग्याएको वामपन्थी दल निकट पत्रकारहरुका संगठनको बुझाई छ । आज एक संयुक्त विज्ञप्ति निकाल्दै वामपन्थी पत्रकारहरुका संगठनले तत्काल निर्वाचनको वातावरण बनाउँन माग गरेका छन् । साथै सदस्यता विवाद टुंग्याउन नसकेकोमा खेद प्रकट गरेका छन् ।’

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका अध्यक्ष बिष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणी सुवेदी, प्रगतिशील पत्रकार संघ नेपालका अध्यक्ष श्यामलाल पोखरेल, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष कमल बुढाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहकार्य गर्दै अघि बढ्ने प्रण गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस