२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बालमन्दिर जग्गा प्रकरणमा सीआइबीद्वारा पूर्व उपाध्यक्ष श्रेष्ठ पक्राउ

२५ जेठ, काठमाडौँ । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्व उपाध्यक्ष पक्राउ परेका छन् ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले आज पूर्व उपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेकोे एसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक–पटक न्यून रकममा सम्झौता गरेको उजुरी आएको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बदनियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

नक्सालस्थित करिव २९ रोपनी जग्गा वार्षिक एक करोड ९ लाख रुपैयाँ तिर्ने गरी पछिल्लो सम्झौताअनुसार लिजमा दिइएको थियो । यसरी जग्गामा विभिन्न गतिविधि सञ्चालन गरेको आरोपमा २० जनाविरूद्ध वैशाख २७ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसमध्ये श्रेष्ठलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस