२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

नेपाल–बंगलादेश व्यापार निरन्तर घाटामा

२६ जेठ, भद्रपुर । नेपालले आर्थिक वर्ष २०५४र०५५ देखि सिधा व्यापार सुरु गरेको दक्षिण एसियाली मुलुक बंगलादेशसँग व्यापार घाटा बढ्दो क्रममा छ । कुनै समय रु पाँच अर्बभन्दा बढीको मालसामान बंगलादेश निर्यात गरेको नेपाल अहिले केही करोडमै सीमित हुन पुगेको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकडभिट्टाका निमित्त प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल—बंगलादेशबीचको व्यापार पछिल्लो एक दशकयता निरन्तर खुम्चिँदो अवस्थामा छ । आव २०७०र०७१ सम्ममा द्विपक्षीय व्यापारमा आयात कम र निर्यात बढी हुने गरेकामा हाल निर्यातको अवस्था झरेको छ ।

मेची भन्सार कार्यालय काकडभिट्टाका सूचना अधिकारी गणपति कँडेलले चालु आवको वैशाख मसान्तसम्म बंगलादेश निर्यात रु २३ करोड ७४ लाख ३९ हजार हुँदा आयात रु तीन अर्ब १७ करोड ९९ लाख बढी भएको छ । उनका अनुसार आव २०७८र०७९ मा नेपालले बंगलादेशबाट पछिल्लो दशककै सबैभन्दा बढी आयात गरेको थियो । त्यस वर्ष आयात रु ११ अर्बभन्दा बढी हुँदा निर्यात भने रु ६३ करोडमै सीमित हुन पुगेको थियो ।

गोदाम व्यवस्था कम्पनीको तथ्यांकअनुसार द्विपक्षीय व्यापारको पछिल्लो २६ वर्षमा १० वर्षयता नेपालबाट हुने निर्यात बंगलादेशबाट हुने आयातको तुलनामा बढी देखिन्छ । आव २०७१र०७२ देखि नेपालबाट निर्यात कम र बङ्गलादेशबाट आयात निरन्तर बढिरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस