२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भारतबाट फर्किएपछि प्रधानमन्त्रीले भने – फ्लोर क्रस गर्ने सांसदलाई कारवाही गर्छौं

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गण्डकी प्रदेशमा फ्लोर क्रस गर्ने सांसदलाई कारबाही गर्ने बताएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर स्वदेश फर्किने क्रममा सोमबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग प्रचण्डले यस्तो बताएका हुन्।

डा बाबुराम भट्टराई नेतृत्वको पार्टी नेपाल समाजवादी निकट रहेका फडिन्द्रले गत चुनावमा माओवादीको चुनाव चिन्हबाट निर्वाचन जितेका थिए। गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई मत नदिन माओवादीले ह्वीप जारी गरेको थियो।

सांसद देवकोटाले माओवादीको ह्वीप उल्लंघन गर्दै पाण्डेलाई मुख्यमन्त्री बन्न सघाएका हुन्। सांसद देवकोटाले भने प्रदेशसभा विघटन हुनबाट र मध्यावधीमा जानबाट रोक्न मुखयमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् । उनले आफू डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको सांसद भएको स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : २०८१ जेष्ठ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस