२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

सरकारी कार्यालयको सेवा पहुँचवाला र घुस दिन सक्नेलाई मात्रै हो ?

२९ जेठ , काठमाडौँ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरूले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले महिला, गरिबलाई सरकारी कार्यालयहरूले हेप्ने गरेको उल्लेख गर्दै उनीहरूलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रूपमा जवाफ दिने व्यवस्था गर्न सरकारलाई सचेत गराएका हुन् । पहुँच पुगेका मानिसहरूको काम हुने, अरूको काम नहुने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरू निराश भएको भन्दै सांसद पौडेलले त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले ढिलाइ गर्न नहुने बताए।

उनले भ्रष्टाचारको न्यूनीकरण र सेवाग्राहीको सेवालाई सहज र सुलभ बनाउन पनि सरकारले सो व्यवस्थालाई अनिवार्य रुपमा लागू गराउन आवश्यक रहेको तर्क गरे । सांसद पौडेलले भने, ‘खासगरी सरकारी कार्यालयमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने अवस्थामा छ । पहुँच भएका मानिसहरूको काम हुने, अरूको काम नहुने, विशेष गरी महिला, निमुखा, विपन्नलाई असाध्यै जाँदा हेप्ने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवा निराश भएको स्थिति छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस