२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित

Jaspa President Upendra Yadav returned from India

जेठ ३०, काठमाडौँ । जनता समाजवादी पार्टी जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट बुधबार यादव निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा यादवको एकल उम्मेदवारी परेपछि उनी पुनः जसपा नेपालको अध्यक्ष भएका हुन् । जनकपुरधाममा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि बुधबार बिहानैदेखि उम्मेदवारी दर्ताको काम भइरहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस