२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

राष्ट्रपति पौडेल जेनेभामा, नेपाली राजदूतले गरे स्वागत

जेठ ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमास्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

उनले यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओको आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औं उच्चस्तरीय सत्रअन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ ग्लोबल कोलिसन फर सोसल जस्टिसको उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस