२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

जसपा नेपालको अध्यक्ष बाहेकका पदमा आज मतदान हुँदै

३१ जेठ, जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाको राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न बिहीबार दिउँसोदेखि मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो १२.३० बजेसम्म उमेदवारी फिर्ताको समय तोकिएको छ ।

त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ । अध्यक्ष पदमा उपेन्द्र यादवको निर्विरोध निर्वाचित भइसकेका छन् । २०१ सदस्य नयाँ कार्यसमितिका बाँकी पदमा आज दिउँसोदेखि मतदान हुनेछ । पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उमेदवारको सूची सार्वजनिक भइसकेको छ । उमेदवारीमा दाबी विरोध र दाबी विरोधउपर निर्णय भइसकेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस