२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

‘माओवादी हराउँछ भन्नु भ्रम मात्र हो’ : प्रधानमन्त्री दाहाल

३२ जेठ, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यसक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् ।

अनेरास्ववियु क्रान्तिकारीको चौथो पूर्ण बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताए ।

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ’, अध्यक्ष प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’ उनले नेपालका कम्युनिष्ट एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस