२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

डा. गोविन्द केसी न्यायाधीशद्धय चुडाल र शर्मालाई कारबाही नगरे अनसन बस्ने

Dr. KC started the Satyagraha from Dharamshala in Dhangadhi

४ असार, काठमाडौँ । वरिष्ठ चिकित्सक एवं स्वास्थ्य शिक्षा सुधारका स्वघोषित अभियान्ता डा गोविन्द केसीले मेडिकल व्यापारी दुर्गा प्रसाईको झापास्थित बिएण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गर्ने सर्वोच्चका न्यायाधीशलाई कारबाही गर्न माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै केसीले सो माग गरेका हुन् । उक्तको सुनुवाई नभए असार दोस्रो साताबाट अनसन बस्ने उनको चेतावनी छ । गत महिना सर्वोच्चका न्यायाधीशद्धय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले १५ दिनभित्र मेडिकल कलेजलाई सम्बन्धन दिन नेपाल सरकारको नाममा परमादेश जारी गरेको थियो । डा केसी कुनै पनि हालतमा प्रसाईंको कलेजले सम्बन्धन पाउन हुँदैन भन्ने पक्षमा थिए ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस