२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

यस्तो छ आज सुनको मूल्य

Today Gold price in Nepal

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य घटेको छ। बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदी तोलाको १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको १ लाख ४१ हजार पाँच सय रुपैयाँ हुँदा चाँदीको मूल्य भने घटेको छ।

बुधबार चाँदी तोलाको १ हजार ८०५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ। महासंघका अनुसार मंगलबार चाँदी तोलाको १ हजार ८१५ रुपैयाँ थियो। मंगलबार पनि सुनको मूल्य स्थिर भएको थियो।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस