२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गण्डकीका पदमुक्त सांसद देवकोटाको मुद्दा हेर्दाहेर्दैमा

गण्डकी

असार ९, काठमाडौँ । गण्डकी प्रदेशका कारबाहीमा परि पदमुक्त भएका सांसद फणीन्द्र देवकोटाले दायर गरेको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दै राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको देवकोटाको मुद्दामा धेरै कानुन व्यवसायी बहसका लागि बाँकी रहेकाले हेर्दाहेर्दैमा राखिएको हो ।

देवकोटाले असार ६ गते आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । आइतबार चौथो नम्बरमा पेसी तोकिएको उक्त मुद्दामा ढिलो मात्र बहस सुरु भएको थियो । देवकोटालाई माओवादी केन्द्रले आफ्नो सांसद भएको दाबी गर्दै कारबाही गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस