२०८३ असार १५ गते सोमवार | 2026 June 29th Monday

शेयर बजारमा ५.६० अंकको वृद्धि, ९४ लाख कित्ता सेयर कारोबार

११ असार, काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो ।

यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ । यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस