२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

ओखलढुंगामा पहिरोमा परि एक जनाको मृत्यु

असार १२, काठमाण्डौँ । ओखलढुंगामा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना घाइते भएका छन् ।
चिशंखुगढी गाउँपालिका–५ शेर्नामा पहिरोले घर बगाउँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।गएराति करिब २ बजे पहिरोले घर बगाउँदा घरमूली बाबुराम खत्री र छोरी मेनुका खत्री घाइते भएका छन् ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेका प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस