२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

एसइईको पूरक परीक्षा तालिका सार्वजनिक

१८ असार, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको पूरक ग्रेडवृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०८० को एसइईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ गतेदेखि परीक्षा सञ्चालन गर्न लागेको हो ।

परीक्षाको आवेदन कार्यालयको वेबसाइटबाट डाउनलोड गरी भर्न सकिने छ । कुनै आकस्मिक बिदा पर्न गएमा पनि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित हुनेछैन ।

शिक्षा विकास तथा समन्वय इकाईहरूले पूरक ग्रेडवृद्धि परीक्षामा सामेल हुन आवेदन फाराम भर्ने परीक्षार्थीहरूको विवरण २०८१ साल साउन १८ गते सम्ममा विद्यालयगतरुपमा विषय समेत खुल्ने गरी परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा आइपुग्ने गरी पठाउनुहुन र परीक्षार्थीले बुझाएको आवेदन फाराम ६ महिनासम्म शिक्षा विकास तथा समन्वय इकाइले नै सुरक्षित राख्नुहुन बोर्डको अनुरोध छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा साउन ३१ गते सकिनेछ।

प्रकाशित मिति : २०८१ असार १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस