२०८३ कार्तिक ९ गते आइतवार | 2026 October 25th Sunday

बाँके प्रहरीद्धारा एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार

२० असार, बाँके । बाँके प्रहरीले एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो । डुडुवा गाउँपालिका–६ सिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गर्‍यो । स्थानीयले प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेको र स्थिति असामान्य भएपछि तीन राउण्ड गोली चलाएको प्रनाउ डाँगीले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस