२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

बेलायतमा कन्जरभेटिब पार्टीको १४ वर्षे शासनको अन्त्य, लेबर भारी बहुमतले विजयी

sunak and starmer

काठमाडौं, असार २१ । बेलायतमा लेबर पार्टीले सरकार बनाउने निश्चित भएको छ। बिहीबार सम्पन्न आम निर्वाचनबाट लेबर पार्टी भारी बहुमतले विजयी भएको छ।

शुक्रबार बिहानसम्म ५७५ सिटको परिणाम आइसक्दा लेबर पार्टीले ३८६ सिट जितेको द गार्डियनले उल्लेख गरेको छ। यहाँ सरकार बनाउन बहुमतका लागि ३२६ सिट भए पुग्छ।

प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिब पार्टीले जम्मा ९५ सिट मात्रै जितेको छ। गणना बाँकी रहेको सिटमा पनि लेबर पार्टीकै उम्मेदवार विजयी हुने निश्चित रहेकाले यसपालि कन्जरभेटिब पार्टीको १४ वर्षे शासनको अन्त्य हुने भएको छ।

अब लेबर पार्टीका नेता किएर स्टार्मरले बहुमतको सरकार बनाउनेछन्। यसअघि सन् २०१९ को आम निर्वाचनमा कन्जरभेटिभ पार्टीले ३६४ सिट ल्याएर बहुमतको सरकार बनाएको थियो। प्रधानमन्त्री सुनकले पराजयको जिम्मेवार आफूले लिने बताइसकेका छन्। उनले बधाई दिनका लागि लेबर पार्टीका नेता स्टार्मरलाई निम्तो गरेको पनि बताए। ‘आज शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरण हुन्छ,’ उनले भने।

प्रकाशित मिति : २०८१ असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस