२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘२८ गतेपछि मात्र मन्त्रालयहरुको भागबण्डा हुन्छ’ : महेश बर्तौला

२३ असार, काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अबको सरकार आलोपालो गरेर चल्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठक सकिएपछि पत्रकारहरूले यो सरकार कसरी चल्छ भन्ने प्रश्नको जवाफ दिँदै सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले पहिले एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसपछि कांग्रेस सभापति संसदीय दलका नेताको नेतृत्वमा सरकार बन्ने बताए । उनले अहिले कुन मन्त्रालय एमालेले सम्हाल्ने प्रारम्भिक कुरा अगाडि बढे पनि यथार्थ निर्णयमा नपुगेको स्पष्ट पारे ।

प्रकाशित मिति : २०८१ असार २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस