२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

नक्कली लाइसेन्स प्रकरणमा यातायातका उपसचिवसहित १५ जनाविरुद्ध मुद्दा दायर

२५ असार, काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख उपसचिव केशव अर्यालसहित १५ जनाविरुद्ध लिखत सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। मंगलबार उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

यातायाता व्यवस्था कार्यालय बुटवलका कम्युटर अपरेटर लक्ष्मण पाण्डे करार, पदम राज आचार्य, सुवास पौडेल, यातायात व्यवस्था कार्यालय कावासोती, नवलपरासीका कम्युटर अधिकृत रामकृष्ण श्रेष्ठ, यातायात व्यवस्था कार्यालय कास्कीका कम्युटर अपरेटर विनोद भण्डारीलगायतलाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस