२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बिपद्का घटनाहरु दैनिक बढ्दो : पोखरामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु

२६ असार , पोखरा । पोखरामा अविरल वर्षाका कारण पहिरो खस्दा १ जनाको मृत्यु भएको छ । पोखरा २७ सहेलपाटाका मनबहादुर थापाको घर पहिरोले पुरिँदा उनका २२ वर्षका छोरा भीमबहादुर थापाको मृत्यु भएको हो ।

ब्लकले बनेको १ तले घर माथिबाट पहिरो आएर पुरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार ५० वर्षकी कमला थापालाई सकुसल उद्धार गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस