२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

मौसम : तीन दिन अत्यधिक वर्षा हुन सक्ने, ४३ जिल्लामा उच्च जोखिम

weather today

२८ असार, काठमाण्डौँ ।  हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको दक्षिण भूभाग सिमाना आसपास० रहेको र आज रातीबाट उक्त रेखा  अझ नेपालतिर सर्ने  सम्भावना देखिएको छ ।

साथै भोलि देखि  नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापिय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षा तथा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ । जिल्लागत मनसुनी वर्षाको जोखिमको विवरण अनुसूची १ मा समावेश गरिएको छ ।

शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।

प्रकाशित मिति : २०८१ असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस