२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

संविधान संशोधनमा प्रधानमन्त्री ओली अडान : मैले ब्याक गियर लगाउन जानेको छैन [ पूर्ण पाठसहित ]

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुट्ने विश्वास व्‍यक्त गर्नुभएको छ । प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधनको विषयमा सिंगो देश एक हुने बताउनुभयो । ‘मलाई आशा छ, यस मामिलामा सिंगो देश एक हुनेछ । यसमा राष्ट्रिय सहमति हुनेछ’, ओलीले भन्नुभयो ।

विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि ओलीले बताउनुभयो । ‘अस्थिरता हटाउन संविधानमा संशोधन चाहिन्छ भने हामीले गर्नुपर्छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने संविधान विकासको बाहक हुनुपर्छ, बाधक होइन’ ओलीले भन्नुभयो, ‘विकासको लागि संविधान जहाँनेर बाधक बनेको छ, त्यहाँ संशोधन हुन्छ ।’

संविधान संशोधन प्रतिगमन नभएको प्रष्टोक्ति दिदै ओलीले यो अडानबाट पछि नहट्ने प्रतिबद्धता नै गर्नुभयो । ‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन’, अध्यक्ष ओलीको अडान थियो ।
प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेको पूर्ण पाठ

 

 

प्रकाशित मिति : २०८१ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस