२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

कालीकोटमा १६ वर्षीय किशोरी बलात्कृत, एक पक्राउ

कालीकोट । कालीकोटमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। प्रहरीले जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ का २१ वर्षीय नवीनराज बडुवाललाई बलात्कारको आरोपमा पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी पोषण थापाका अनुसार साउन ५ गते राति ११ बजे बडुवालले किशोरीलाई ललाइफकाई गरी उनकै घरमा बलात्कार गरेका थिए। बडुवाल ट्याक्टर चालक हुन्। उनले तिलागुफा नगरपालिकामा रहेकी पीडितको घरमा गई जबरजस्ती गरेको प्रहरीको भनाइ छ।

बडुवाललाई पाँच दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ भने, किशोरीलाई स्वास्थ्य जाँच गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

प्रकाशित मिति : २०८१ साउन ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस